देश/प्रदेश

विकास–निर्माणका गतिविधि रोकिनु हुदैँन : सभामुख घिमिरे

Banner

सुरुङ्गा (झापा) कात्तिक २९ –

सभामुख देवराज घिमिरेले मुलुकमा विकास–निर्माणका गतिविधि रोकिन नहुने बताउनुभएको छ ।

बिर्तामोड – ५ स्थित देवी माध्यमिक विद्यालयका लागि रु छ करोडको लागतमा निर्माण गरिने १२ कोठाको तीनतले भवनको आज शिलान्यास गर्दै उहाँले जस्तोसुकै अवस्थामा पनि विकासका गतिविधि जारी रहनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले विद्यालय भवन निर्माणमा भौतिक एवं आर्थिक रूपमा सघाउन सबैमा आग्रह गर्नुभयो ।

शिक्षा मन्त्रालयले केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत ‘बिग स्कूल प्रजेक्ट’ अन्तर्गत भवन निर्माण हुने विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>