खेलकुद
एनपीएल विजेताको पुरस्कार राशि १ करोड १० लाख
०

काठमाडौँ, कात्तिक २९-
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पनि विजेताको पुरस्कार राशि पहिलाको जति नै कायम गरिने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार गरेको पत्रकार सम्मेलनमा सचिव पारस खड्काले एनपीएल पुरस्कार राशि नबढ्ने जानकारी दिएका हुन्।
गत वर्ष एनपीएलको पहिलो संस्करणमा विजेता टोलीलाई १ करोड १० लाख र उपविजेतालाई ५१ लाख रुपैयाँ पुरस्कार दिइएको थियो।
यस्तै तेस्रो हुने टोलीले २५ लाख र चौथोले १५ लाख पुरस्कार पाएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























