देश/प्रदेश

यूएईले फेरि लिन थाल्यो नेपालीको भिसा आवेदन

Banner

काठमाडौँ, कात्तिक २८-

जेनजी प्रदर्शनपछि संयुक्त अरब इमिरेट्स (यूएई)ले रोकेको भिसा आवेदन खुला भएको छ । हिजो (बिहीबार) देखि यूएईले रोकेको भिसा आवेदन खुला भएको हो ।

जेनजी प्रदर्शन हिंसात्मक बन्दा यूएईले भिजिट र रोजगारी भिसा नदिनुका साथै आवेदन पनि बन्द गरेको थियो। भिसा रोकेको विषयमा यूएईले नेपाल सरकारलाई औपचारिक जानकारी नदिनुका साथै यस सम्बन्धमा कुनै सार्वजनिक सूचना पनि जारी गरेको थिएन।

तर यूएईले अनलाइन पोर्टल मर्मतका क्रममा समस्या देखिएकाले नेपालबाट भिसा आवेदन गर्न नमिलेको भन्ने अनौपचारिक जानकारी दिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>