देश/प्रदेश
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
०

लुम्बिनी, कात्तिक २८ –
लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मङ्सिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गर्नुभएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२्) बमोजिम मङ्सिर ८ गते सोमबार अपराह्न १ः०० बैठक हुनेगरी प्रदेश प्रमुख घर्तीले अधिवेशन आह्वान गर्नुभएकोे हो ।
प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























