देश/प्रदेश

मधेस प्रदेश सरकार गठनविरुद्ध सांसदहरूको धर्ना

Banner

काठमाडौँ , कार्तिक २५ –

मधेस प्रदेशमा सरकार गठनको प्रक्रियाविरुद्ध सात राजनीतिक दलका सांसदहरूले विरोध प्रदर्शन शुरु गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितका सात राजनीतिक दलका सांसदहरूले मधेस प्रदेश सभा भवन अगाडि धर्ना दिएका हुन् । सात राजनीतिक दलहरुले धर्ना प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियालाई असंवैधानिक ठहराउँदै गरेका हुन् । धर्नामा सहभागी सांसदहरूले प्रदेश सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ को उपधारा ३ विपरीत भएको दाबी गर्दै आएका छन् ।

उनीहरूले एमालेको नेतृत्वमा बनेको यो सरकारलाई अवैध सरकार भनेका छन् । धर्ना स्थलमा सांसदहरूले नारा लगाउँदै सरकारविरुद्ध तिब्र नाराबाजी गरेका छन् । यसैबीच, विरोधी दलहरूले कानूनी बाटोबाट पनि यो मुद्दालाई अगाडि बढाएका छन् । एमालेबाहेकका दलहरूका ७४ जना प्रदेश सांसदहरूको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>