देश/प्रदेश
झुम्का कारागारमा कैदीको उपचारका क्रममा मृत्यु
०

धरान (सुनसरी), कात्तिक २४ –
सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ । आइतबार बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा भेटिएका थिए ।
अचेत भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा ६ः१५ बजे सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।
सरदार पहिलेदेखि नै डाइबिटिजका बिरामी थिए र नियमित रूपमा औषधि सेवन गर्दै आएका थिए । सरदारलाई जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशानुसार जीउ मास्नेबेच्ने ९मानव बेचबिखन० मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकिएको सो सजाय भुक्तानका क्रममा उनी झुम्का कारागारमा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























