देश/प्रदेश
आजदेखि तुरतुरे–चाम्बास दैनिक छ घण्टा बन्द
०

दमौली (तनहुँ), कात्तिक २४ –
डुम्रे बेसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित तुरतुरे चाम्बास सडक आजदेखि दैनिक साढे घण्टा बन्द गरिएको छ । भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म सडक विस्तारका लागि कात्तिक २४ गतेदेखि मङ्सिर ५ गतेसम्म दैनिक साढे घण्टा बन्द हुन लागेको हो ।
सडक विस्तारका लागि सम्भावित दुर्घटना जोखिम न्यूनीकरण गर्न तथा कार्यप्रगतिमा सहजीकरणका लागि डुम्रे बेसीशहर चामे सडक योजनाबाट अनुरोध भएकामा उक्त खण्ड बन्द गर्न लागेको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार उक्त खण्ड बिहान ६ः३० बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म बन्द हुनेछ । उक्त समयावधिमा तुरतुरे पालुङटार खत्रीटार हुँदै विमलनगर निस्किएर वैकल्पिक सडक प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























