देश/प्रदेश
ट्याक्टरको फालीमा लुगा अल्झिदाँ श्रीमतीको मृत्यु, श्रीमान घाइते

रोल्पा, कात्तिक २२-
जोतिरहेको ट्याक्टरमा कपडा अल्झिदाँ एक महिलाको मृत्यु भएको छ । रोल्पाको रोल्पा नगरपालिका–५ बजबाङमा जोतिरहेको ट्याक्टरमा कपडा अल्झिएपछि महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार ४५ वर्षीय भिमली महराको मृत्यु भएको छ ।
हिजो (शुक्रबार) बिहान श्रीमान ४८ वर्षीय यज्ञबहादुर महराले चलाएको हाते ट्याक्टरको फालीमा श्रीमती (भिमली) को कपडा अल्झिएको डिएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए । ट्याक्टरको फालीमा कपडा अल्झिएपछि उनी लडेकी थिइन्। श्रीमतीलाई बँचाउन जाँदा यज्ञबहादुरलाई पनि फालीले काटेको डिएसपी विश्वकर्माले जानकारी दिए।
दुर्घटनापछि प्यूठानस्थित प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचारकै क्रममा भिमलीको मृत्यु भएको प्रहरीले जनाएको छ । यज्ञबहादुरको अवस्थाभने गम्भीर भएकाले थप उपचारका लागि भैरहवा रेफर गरिएको छ।


























