चितवन विशेष

जेनजी आन्दोलनको विषयमा निष्पक्ष छानविन गर्न अखिल (क्रान्तिकारी) चितवनको माग

Banner

पवन पण्डित

चितवन, असोज ३१-

अखिल (क्रान्तिकारी) चितवन जिल्ला समिति चितवनले जेनजी आन्दोलनको विषयमा भएका अपराधिक कृयाकलापका विषयमा निष्पक्ष छानबिन गर्न माग गरेको छ । चितवनमा शुक्रबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो जिल्ला पदाधिकारी बैठकले यस्तो माग गरेको हो ।

नवनिर्वाचित अध्यक्ष शुशिल कार्की अब्दुलको अध्यक्षतामा बसेको बैठकले हालै २३ गते राज्य संयन्त्रबाट जेनजी आन्दोलनमा भएको घटना प्रति गहिरो चिन्ता व्यक्त गर्दै त्यस घटनाको निष्पक्ष छानबिन र दोषीहरूमाथि कानूनी कारबाहीको माग गरेको हो । बैठकले आन्दोलनका क्रममा सहिद भएका र घाइते युवाहरूलाई राज्यले सम्मानसहित न्यायको प्रत्याभूति गर्नुपर्ने माग पनि अघि सारकेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । साथै, २४ गते भएको घुसपैठ र षड्यन्त्रपूर्ण गतिविधिहरूको सत्यतथ्य छानबिन गर्न सरकारसँग जोडदार आग्रह गरिएको छ। बैठकले आन्दोलनलाई संगठित, अनुशासित र विचारवान् रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त समेत गरेको उहाँले जानकारी दिनुभयो ।

जेन जि पुस्ताका जायज मागहरूको सम्बोधनका लागि अखिल (क्रान्तिकारी) चितवनले जिल्ला व्यापी हस्ताक्षर अभियान सुरु गर्ने र प्रमुख जिल्ला अधिकारी .सिडिओ) कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेको बैठकले जानकारी दिएको छ। बागमती प्रदेश सांसद इश्वरी सापकोटा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा अखिल क्रान्तिकारीका पदाधिकारीहरुको सहभागिता थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>