चितवन विशेष

तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल

Banner

चितवन, असोज २९–

चितवनमा रातीमा देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज (बुधबार) सूचना जारी गर्दै दीपावलीको अवसरमा देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम राती १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गर्नुभएको सो सूचनामा सुरक्षालाई मध्यनजर राख्दै दिपावली लगायतका पर्वहरुलाई अनुशासित, मर्यादित एवं मौलिक रुपमा मनाउन अपिल गरिएको छ । अर्यालले ७ बुँदा सहित शान्ति व्यवस्थालाई ख्याल राख्दै चाडपर्व मनाउन अनुरोध गर्नुभएको छ । उहाँले कानुनले वर्जित गरेका जुवातास, लङगुरबुर्जा, खेल्ने, खेलाउने तथा समाजमा आतंक श्रृजना गर्नेगरी भुईचम्पा, पटाका, आतिशबाजी गर्ने सामाग्री प्रयोग, बिक्री वितरण नगर्नु समेत अनुरोध गर्नुभएको छ ।

यसैगरी चाडपर्वको समयमा सार्वजनिक स्थलमा मादक पदाथ तथा लागुपदार्थ सेवन गर्ने जस्ता कार्यहरु पूर्ण रुपमा प्रतिबन्ध गरीको बताइएको छ । उत्ता चाडपर्वको अवसरमा प्लाष्टिकका फूल, मालाको प्रयोग तथा बिक्री वितरण नगर्न, बजारमा कृतिम अभाव श्रृजना, कालोबजारी, मिसावट, अस्वभाविक मुल्य बृद्धि तथा म्याद गुज्रेका सामाग्री विक्री वितरण नगर्न तथा सवारी साधनहरुमा जोखिमपूर्ण यात्र नगर्न अनुरोध गरिएको छ । कसैलाई समस्या परेमा प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>