चितवन विशेष

उपभोक्तालाई ‘केज फ्री’ अण्डाको महत्व बुुझाउन किसानको माग

Banner

चितवन, असोज २९-

सामान्य तया ‘केज फ्री’को मासु र अण्डा गुणस्तरिय मानिन्छ । तर यस विषयमा उपभोक्तालाई बुझाउन कठिन भइरहेको छ । एनिमल नेपाल सहित केही किसानहरुले बुझाउने प्रयास गरिरहेपनि यहाँका व्यापारी तथा उपभोक्ता माझ यस विषय बुझाउन कठिन भइरहेको हो ।

अण्डा उत्पादक किसान केदारनाथ डल्लाकोटी उपभोक्त तथा किसानलाई ‘केज फ्री’ मासू र अण्डाको गुणस्तर बारे जानकारी नहुँदा समस्या भएको बताउँछन् । ‘म केज मा कुखुरा पाल्न हुँदैन भनेर आवाज उठाउने व्यक्ति हुँ । केजमा पालिएको कुखुराको उत्पादन राम्रो मानिदैन,’ २०६५ सालदेखि व्यवसायीक रुपमा कुखरा पालन गर्र्दै आएका डल्लाकोटीले भने ‘यस विषयमा आवाज उठाउँदा हाम्रो कुरा कसैले सुन्दैन ।’

खुल्ला खोरमा पालन गरिएका कुखुरालाई केज फ्री भन्ने गरिन्छ । केज प्रणालीमा कुखुरालाई सानो केजमा राखिन्छ । त्यो हिड्डुल गर्न पाउँदैन । त्यसले उत्पादन गरेको अण्डा भन्दा हिड्डुल गरेका कुखुराको भन्दा राम्रो मानिन्छ । यस विषयमा उपभोक्तालाई बुझाउने प्रयास गरेपनि सफल हुन नसकेको डल्लाकोटी बताउँछन् । ‘मेरा ८० हजार कुखुरा छन् । दैनिक दुई सय पेटी अण्डा उत्पादन हुन्छ,’ उनले भने ‘केज फ्री र केजमा राखेर पालिका कुखुराको बजार मुल्य एउटै छ ।’

केजमा पालिकाएका र केज फ्रीमा उत्पादन गरिएको वस्तु पहिचान गर्न उपभोक्तालाई कठिन छ । यसका लागि आफ्नो उत्पादनको विषयमा अण्डा उत्पादक किसान लेवल राख्नुपर्ने बताउँछन् किसान सविन लामिछाने । ‘केज फ्री भनेको उपभोक्तालाई नै थाहा छैन । यस विषयमा विभिन्न सञ्चार माध्यम मार्फत उपभोक्तालाई जानकारी दिनुपर्छ,’ उनले भने ‘किसानले पनि आफ्नो उत्पादनको बारेमा लेभलिङ राख्नु पर्दछ ।’ अण्डामा लेवलिङ राख्नका लागि सरकार तथा विभिन्न संघसंस्थाले पनि किसानलाई सहयोग गर्नुपर्ने उनले बताए ।

बढी अण्डा खपत हुने क्षेत्र होटल पनि हो । होटल व्यवसायीेले पनि कुखुराको मासु र अण्डाको गुणस्तरियताका विषयमा ध्यान दिने हो भने केज फ्री अण्डा बिक्री गर्न सहज हुने उनको भनाई छ । साँघुरो ‘केज’ मा पालन गरिएका कुखुराको कुनै पनि उत्पादन राम्रो नहुने उनको बुझाई छ । चितवनका किसानले उत्पादन गरेको वस्तुमा लेवलिङ नराख्दा उपभोक्ता पहिचान गर्न समस्या हुन्छ । सप्लायर्सहरूले ‘केज फ्री’ को वस्तुमा लेवलिङ राख्नुपर्ने उनले बताए ।

चितवनमा केही किसानले अण्डामा लेभलिङ गरे पनि मासुमा गरेका छैनन् । खुला र केजमा पालिएका कुखुरा र त्यसको अण्डाको गुणस्तर फरक हुने गर्दछ । अहिले काठमाडौंमा जोने अण्डामा लेवलिङ गर्न थालिएको अन्डा उत्पादक किसान दीपक पाण्डेले बताए । यद्यपि पूरा मात्रामा लेभलिङ गर्न नसकिएको उनको भनाइ छ ।

चितवनमा ठुला किसानले ब्याट्रीकेजमा राखेर कुखुरापालन गर्दछन्, तर फ्री राखेर पालिएका कुखुराबाट उत्पादित अन्डाको गुणस्तर धेरै राम्रो हुने एनिमल नेपाल चितवनका फिल्ड संयोजक रामचन्द्र आचार्यले जानकारी दिए । तनावरहित, मानवीय तरिकाले पालिका कुखुराको मासु र अण्डामा आवश्यक पोषणतत्व उच्च पाइने उनले बताए । ‘ब्याट्रीकेजको तुलनामा डबल समयसम्म बिग्रँदैन’, उनले भने, ‘विभिन्न अध्ययनले पनि पौष्टिक तत्व बढी हुने देखाएको छ।’

उनका अनुसार ब्याट्रीकेजमा पालिका कुखुराबाट उत्पादित अण्डामा भन्दा दुईतिहाइ बढी भिटामिन ए, तीन गुणा बढी भिटामिन ई, सात गुणा बढी बिटा क्यारोटिन, दोब्बर बढी ओमेगा, ६ गुणा बढी भिटामिन डीलगायतका पौष्टिक तत्व पाइन्छ । मानिसका आँखाका लागि चाहिने एन्टिअक्सिडेन्ट, लुटेन र जेक्साथिनसमेत केज फ्री अन्डाको पहेंलो भागमा बढी पाइएको उनले बताए ।

एनिमल नेपालका अनुसार चितवनमा अन्डा उत्पादक किसान सयजनाको हाराहारीमा छन् । त्यसमध्ये १० जना किसानले केजमा कुखुरा पाल्दै आएका छन् । केजको उत्पादन ३० प्रतिशत रहेको छ। चितवनमा भरतपुर महानगरपालिकामा ३, खैरहनी नगरपालिकामा २, राप्ती, माडी र रत्ननगरपालिकामा एकएक स्थानमा ब्याट्रीकेजका रूपमा कुखुरापालन गरिएको छ ।

बाँकी किसानले केज फ्रीमा पालन गर्दै आएका छन् । फ्री केजबाट उत्पादित अण्डाको गुणस्तरबारे जानकारी गराउन सके साना किसान र उपभोक्तालाई समेत फाइदा पुग्ने उनले बताए । केज फ्री अन्डामा पौष्टिक तत्व, एक्पार डेट र खान स्वादिलो हुन्छ । एनिमल नेपालकी कार्यक्रम प्रमुख सुलक्षणा राणा किसानलाई केज फ्री अण्डाको लवलिङ राख्नको लागि सहयोग गर्ने बताईन् । ‘हामी सकेसम्म केज फ्री बनाउने अभियानमा छौँ । यसका लागि नीतिगत रुपमा के के परिवर्तन गर्नुपर्दछ । पछाडि बसेर हामी किसानलाई सहयोग गर्न चाहन्छौँ,’ उनले भनिन् ‘पशुपन्छीलाई पीडा दिएर पाल्न पाइदैन ।’ उनले केज फ्री वस्तुको मुल्य समेत बढी हुनुपर्ने बताइन् । एनिमल नेपालले चितवनमा होलट व्यवसायी, उपभोक्ता, किसान लगायत सरोकारवालाको बिचमा सचेतना मुलक कार्यक्रम गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>