देश/प्रदेश
११ किलो गाँजा सहित ३ भारतीय विमानस्थलमा पक्राउ
०
काठमाडौं , असोज २७-
थाइल्यान्डको बैंककबाट ११ किलोभन्दा बढी गाँजा लिएर आएका ३ भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
११ किलो २७५ ग्राम लागुऔषध गाँजा सहित ५० वर्षीय सिलम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोद आजाद शेख र ३२ वर्षीया महिला जैनब बशिर पक्राउ परेका हुन् ।
विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले एयर एसियाको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























