चितवन विशेष

राप्तीमा स्कुटरले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

Banner

चितवन, असोज २२-

चितवनको राप्ती नगरपालिका–२ सिमराचोकमा स्कुटरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ।

बुधबार साँझ ६ः३० बजे बा.प्र.०२–०५६ प १११५ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदल हिडिरहेका रौतहट माधव नारायण नगरपालिका–८ का २४ वर्षीय रुपेश राय यादव मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए। उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लैजाने क्रममा उनको साँझ ७ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सो दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका–२ का १८ वर्षीय दिपेश गौतम पनि घाइते भएका छन्। नाक र टाउकोमा चोट लागेका उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>