चितवन विशेष
चितवन जिल्ला अदालतबाट भोलिदेखि यी सेवाहरु सुचारु हुने
०

चितवन, असोज २२-
चितवन जिल्ला अदालतले भोलिदेखि थप सेवा विस्तार गर्ने भएको छ । जेनजी आन्दोलपछि रोकिएका दर्ताद्धारा विवाह, अधिकृत बारेशनामा, मृत्युको न्यायिक घोषण, संरक्षक नियुक्ति लगायतका विशेष प्रकृतिका निवेदनहरुको दर्ता कारबाही भोलिदेखि सुरु गर्ने भएको हो ।
यसअघि अदालतले म्याद थप, कल डिटेल अनुमती, जरुरी पक्राउ पुर्जी स्वीकृती, पक्राउ पुर्जी अनुमति, बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता तथा सुनुवाई तथा वयान एवं थुनछेकका कार्य गर्दै आएको थियो ।
यस्तै असोज २६ गते आइतबारदेखि सम्बन्ध विच्छेद मुद्दा दर्ता, नयाँ दर्ता हुन आउने निषेधाज्ञा निवेदनको दर्ता तथा सुनुवाईको सेवा सञ्चालन गरिने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो । असोज २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटका कारण अदालतका सेवाहरु प्रभावित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























