चितवन विशेष

रोड सो रियल स्टेडले मालपोत कार्यालयलाई दियो कम्प्युटर लगायतका मेसिनरी सामाग्री

०
Banner

चितवन, असोज २१–

जेनजि आन्दोलन पछि प्रभावित भएको सेवा प्रवाहलाई सहज बनाउनका लागि मालपोत कार्यालय भरतपुरलाई मेसिनरी सामाग्री प्रदान गरिएको छ । प्रमुख कार्यालय पोखरा रहेको रोड सो रियल स्टेड प्रालिले सोमबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी कम्प्युटर सहितका मेसिनरी सामाग्री प्रदान गरेको हो ।

रोड सो रियल स्टेडका चितवन शाखाका व्यवस्थापक जिवन बाबु तिवारीले पाँच थान कम्प्युटर, ए थ्रि साइजको फोटोकपी मेसिन र एक थान प्रिन्टर प्रदान गरिएको बताउनुभयो । मेसिनरी सामाग्री प्रदान गर्दैै उहाँले जलेर ध्वस्त भएको कार्यालयबाट सेवा प्रवाह गर्न केही सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो । भदौ २४ गते जेनजि आन्दोलनका क्रममा मालपोत कार्यालय आगोलगाएर ध्वस्त बनाइएको थियो । कार्यालय भवन समेत प्रयोग गर्न नमिल्ने गरी जलाइएको कार्यालयका प्रमुख रमेश प्रसाद गौतमले जानकारी दिनुभयो ।

अहिले टहरबाट मालपोतका केही सेवाहरु दिन थालिएको उहाँले बताउनुभयो । अहिले यहाँबाट जग्गा रोक्का, फुकुवा, अंश भरपाई, नामसारी लगायतका सेवा सुरु भएका छन् । जग्गा खरिद बिक्री र कित्ताकाट लगायतका सेवाहरु अझै सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । मालपोत कार्यालयको सेवा प्रवाहलाई सहज बनाउनका लागि सामान प्रदान गरेकोमा संस्थालाई धन्यवाद समेत दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>