चितवन विशेष

फिस्लिङमा खसेको पहिरो पन्छाएपछि सडक सुचारु

Banner

चितवन , असोज १८ –

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा खसेको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा आएका छन् ।

शनिबार दिउँसो १ बजे पहिरो खसेपछि सडक दुबैतर्फ अवरुद्ध बनेका थिए । अहिले पहिरो पन्छाएपछि सवारी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताएका हुन् ।

निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>