राजनीति
मेलमिलाप र सद्भावको लागि दुर्गा भवानीसँग कामनाः राष्ट्रपति पौडेल
०

काठमाण्डौं, असोज १६-
राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा शुभकामना दिनुहुदै देशमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजयादशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनहरूबाट ग्रहण गर्नाले मानव जातिको कल्याण हुने उहाँको विश्वास छ । विजयादशमीको अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गरेको पनि उहाँले बताउनुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























