क्रिकेट

बीसीए इन्टर हाइस्कुल टी–२० क्रिकेटको उपाधि आयोजक ‘बीसीए’लाई

Banner

चितवन, असोज १४–

चितवनको भरतपुरमा सम्पन्न प्रथम संस्करणको ‘बीसीए इन्टर हाइस्कुल नकआउट क्रिकेट प्रतियोगिता–२०८२’ को उपाधि आयोजक भरतपुर क्रिकेट एकेडेमी (बीसीए)ले जितेको छ ।

भरतपुर–५, समीचोकस्थित एकेडमीको मैदानमा भएको फाइनल प्रतिस्पर्धामा न्यू क्यापिटल कलेज रत्ननगरलाई १९ रनले हराउँदै बीसीएले उपाधि घरमै राखेको हो । उपाधिसंगै बीसीएले नगद ५० हजार रुपैयाँ प्राप्त गर्न सफल भयो भने उपविजेतामै चित्त बुझाएको न्यू क्यापिटलले नगद २५ हजार रुपैयाँ प्राप्त गर्‍यो । विजेता तथा उपविजेताहरुलाई बीसीएका अध्यक्ष सुहान गिरी, प्रतियोगिताका निर्देशक महादीप श्रेष्ठ, प्रतियोगिताका संयोजक दीपेश श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
बीसीएले दिएको ११२ रनको लक्ष्य पछ्याएको न्यू क्यापिटल १८.२ ओभरमा ९२ रनमै अलआउट भएपछि बीसीएले उपाधि रक्षा गरेको हो ।

न्यू क्यापिटलका लागि दर्शिल शर्माले सर्वाधिक २० रन बनाए भने अविन क्षेत्रीले १७ रन बनाए । सम्योजन घिमिरेले १३ र शिरिष रखालले १० रन बनाए । बीसीएलाई उपाधि दिलाउन सुयोग केसीले ४ ओभरमा १४ रन खर्चिदै ५ विकेट लिए । उनी प्रतियोगितामा ५ विकेट लिने पहिलो बलर समेत बने । दिलिप पटेलले ३.२ ओभरमा मात्र १० रन खर्चिदै ३ विकेट लिए । दिपु यादव र पुरुषोत्तम अधिकारीले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बीसीएले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १११ रन बनाएको थियो । उसका लागि समीर रोका र दिपु यादवले समान २८ रन बनाए भने रोहन साहले २३ र सुयोग केसीले १३ रनको योगदान दिए ।
न्यू क्यापिटलका राज प्रताप क्षेत्री र समीर दराईले समान ३ विकेट लिए भने सम्योजन घिमिरेले एक विकेट लिए । फाइनल खेलको प्लेयर अफ दि म्याच ५ विकेट लिन सफल बीसीएका सुयोग केसी घोषित भए ।

यस्तै विधागत तर्फ न्यू क्यापिटलका दर्शिल शर्मा प्लेयर अफ दि सिरिज घोषित भए भने बेस्ट ब्याटर अर्बिट एकेडेमीका जयप्रकाश कुशहुवा घोषित भए ।

प्रतियोगितामा जिल्लाभरका १६ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको सह–आयोजकमा भरतपुर स्पोर्टस क्लव र चितवन जिल्ला क्रिकेट संघले सहकार्य गरेको थियो । प्रतियोगिताको लाइभ पार्टनरमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवन रहेको थियो भने इन्टरनेट पार्टनरमा वल्र्डलिंक कम्युनिकेशन नारायणगढ रहेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण नारायणी खेल लाइभबाट भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>