राजनीति

हर्कको दलको नाम ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए निवेदन

Banner

काठमाडौँ, असोज १२

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई९हर्क साम्पाङ०ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको खुलेको छ। ‘श्रम संस्कृति पार्टी’को नाम दिएर साम्पाङले यसै महिना आयोगमा निवेदन दिइसकेका छन्।

‘हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका नाममा दल दर्ताका लागि निवेदन परेको छ,’ आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिँदै भने, ‘दर्ता चाहिँ भइसकेको छैन। आयोग जाँचबुझ प्रक्रियामै छ।’

साम्पाङ आफैले दल खोलेर जाने यसअघि नै सार्वजनिक गर्दै आएका छन्। तर, निर्वाचन आयोगको दर्ता प्रक्रियामा गएको कुरा भने खुलाएका छैनन्। निर्वाचन आयोगका अनुसार असोज ७ गते श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन परेको छ।

‘रित पुगेर आएको दल दर्ता गर्नै पर्छ। अहिले दसैं बिदा सुरु हुन लाग्यो। रित पुगेर आएको भए दसैंलगत्तै दर्ता हुनसक्छ,’ आयोगका सूचना अधिकारी घिमिरेले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>