राजनीति
कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम नगर्ने
०

काठमाडौँ, असोज १२ –
नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ ।
विसं २०३३ मा बिपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ का साथ स्वदेश फर्केपछि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयले आज विज्ञप्तिमार्फत पछिल्लो राजनीतिक घटनाक्रमसँगै नागरिकहरू शोकमा रहेका तथा पार्टी कार्यालयमा आगजनी गरेकाले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने जनाएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























