चितवन विशेष
स्व.भूपराज पाठक स्मृति प्रतिष्ठान गठन

चितवन, असोज ११–
माडीका सञ्चारकर्मी, कलाकार एवं दिवाकर स्मृति माध्यामिक विद्यालयका शिक्षक स्व. भुपराज पाठकको स्मृतिमा ‘स्व. भूपराज पाठक स्मृति प्रतिष्ठान’ गठन गरिएको छ ।
माडी नगरपालिकाको सभाहलमा भएको विशेष भेलाले स्वर्गीय भुपराजका दाजु विपिन पाठकको अध्यक्षतामा प्रतिष्ठान गठन गरिएको हो । उपाध्यक्षमा इन्दिरा तिवारी, महासचिवमा हरि रानाभाट, सचिवमा रामचन्द्र लम्साल, सह–सचिवमा दुर्गा कुमारी लामिछाने, कोषाध्यक्षमा प्रविन देवकोटा चयन भएका छन् ।
त्यस्तैगरि, सदस्यहरुमा क्रमशः देवनारायण शाह, हरी प्रसाद न्यौपाने, बालकृष्ण पाण्डे, कृष्ण प्रसाद पाठक, शुक्रमिया चौधरी, अर्जुन अर्याल, दिप्ती विश्वकर्मा, डा. एञ्जीला चापागाईं, शंकर गिरी, सीता पाठक र स्वर्गीय भुपराज अध्यापनरत विद्यालय दिवाकर स्मृति मा.वि. बाट एक जना गरि १७ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ । प्रतिष्ठानमार्फत् भुपराज पाठक स्मृति पत्रकारीता पुरस्कार, असल शिक्षक पुरस्कार लगायत परोपकारी कार्यमा सहयोग गरिने जनाइएको छ ।
साथै, नारायण प्रसाद सापकोटाको संयोजकत्वमा स्मारिका प्रकाशन समिति, अधिवक्ता पूर्णचन्द्र चापागाईंको संयोजकत्वमा विधान लेखन समिति तथा माडी नगर प्रमुख ताराकाजी महतोको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ।
रक्तक्यान्सर एवं क्षयरोग भइ उपचाररत अवस्थामा २०८१ फागुन ७ गते वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुरमा पाठकको उपचारको क्रममा निधन भएको थियो । पाठकको उपचारको लागि खर्च भइ बचेको कुल ८ लाख ५४ हजार रुपैयाँमा परिवारका तर्फबाट थप गरि रु १० लाख रुपैयाँ पुर्याएर प्रतिष्ठान स्थापना गर्ने पाठकको १२ औं पुण्य तिथि (फागुन १८) मा सो निर्णय गरिएको थियो ।
भेलाकी प्रमुख अतिथि माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले पाठक परिवारको कदम समाजका लागि अनुकरणीय भएको बताउँदै नगरपालिकाका तर्फबाट समेत साथ र सहयोग रहने वचनबद्धता व्यक्त गर्नुभएको छ। भेलाको सञ्चालन अधिवक्ता पूर्णचन्द्र चापागाईंले गर्नुभएको थियो भने सभाध्यक्षता पाठकका पिता बालकृष्ण पाठकले गर्नुभएको थियोे ।
























