राजनीति
माओवादीको विशेष महाधिवेशन मंसिरमा, यस्ता छन् अन्य निर्णयहरू

काठमाडौं, असोज १०-
नेकपा (माओवादी केन्द्र)ले २०८२ मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार काठमाडौंमा सम्पन्न माओवादी केन्द्रीय समिति बैठकले मौजुदा केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशन सम्पन्न गर्नका लागि पुष्पकमल दाहाल ुप्रचण्डुको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय भएको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । अध्यक्षलगायत सबै पदाधिकारीको व्यवस्था स्थगित गर्ने र महाधिवेशनमा युवाहरूको अधिकतम सहभागीताको वातावरण बनाउने निर्णय बैठकले गरेको छ ।
पदाधिकारी र केन्द्रीय समिति भंग भइसकेको अवस्थामा पार्टीका नियमित गतिविधिलाई अघि बढाउन सचिवालय गठन गरिने उनले बताए । बैठकले फागुन २१ मा घोषित चुनाव समयमै गर्न सरकारलाई सहयोग गर्ने र पार्टी निर्वाचनमा होमिने निर्णय गरेको छ ।
























