चितवन विशेष
भरतपुर कारागारमा रहेका कालिबहादुर खामलाई केन्द्रिय कारागार सरुवा

चितवन, असोज १०-
भरतपुर काराकागरमा रहेका नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर खामलाई केन्द्रीय कारागारमा स्तानान्तरण गरिएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २५ गते बिहान भागेका खाम भदौ ३० गते भरतपुर कारागार फर्किएका थिए । यहाँको सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै असोज १ गते केन्द्रिय कारागारमा स्तानान्तरण गरिएको भरतपुर कारागारका प्रमुख रविन्द्र ढुंगानाले जानकारी दिए ।
एमाले निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भनिएका माओवादी नेता कालीबहादुर खामलाई जिल्ला अदालत चितवनले २०८० चैत्र २३ गते पुर्वक्षका लागि चेल चलान गर्ने आदेश दिएको थियो । १५ भदौ २०६५ मा कोटेश्वरबाट व्यापारी रामहरि श्रेष्ठको अपहरण भएको थियो । श्रेष्ठलाई अपहरण गरेर चितवनको शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकु शिविरमा राखिएको थियो ।
व्यापारी श्रेष्ठलाई खामको निर्देशनमा अपहरण गरी शक्तिखोर पु¥याइएको थियो । माओवादी लडाकुहरुले कुटपिट गरी गम्भीर घाइते बनाएर श्रेष्ठलाई फालेका थिए । २८ वैशाख २०६५ मा नारायणी नदीमा व्यापारी श्रेष्ठको शव भेटिएको थियो । यसैबिच भागेका सात सय ४४ कैदिबन्दी मध्ये भरतपुर कारागारमा ५६२ जना कैदिबन्दी फर्किएका छन् । अझै १ सय ८२ जना कैदीबन्दी फर्किन बाँकी रहेको उनले जानकारी दिए ।
























