राजनीति

जसले मलाई हतकडी लगायो, आज ऊ कहाँ लुकेको छ: प्रसाईँ

Banner

काठमाडौँ, असोज १०-

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रतिशोध साधेर आफूलाई हतकडी लगाउनेहरू अहिले लुक्नु पर्ने अवस्थामा रहेको बताएका छन्। गृह जिल्ला झापामा पुगेका प्रसाईँले जन्मभूमि फर्किँदा सदा भन्दा फरक अनुभूति भएको बताए।

‘जसले प्रतिशोधका कारण मलाई हतकडी लगायो, मेरी श्रीमती, छोरा, बुहारी र छोरीलाई मुद्दा लगायो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज ऊ कहाँ लुकेको छ ? किन डराएको छ ?

उनले विगतमा आफूलाई फरार अभियुक्त भनेर पक्राउ गरिएको प्रति दुख व्यक्त गरे। ‘राज्यका नजरमा मलाई फरार अभियुक्त घोषणा गरी पक्राउ गरेको भनियो,’ उनले लेखेका छन्, ‘तर म त आफैँ आउँछु भनेर आएको थिएँ, त्यसपछि पनि मलाई हतकडी लगाइयो र भनियो, “पक्राउ गर्‍यौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>