राजनीति

भारतमा ‘जेनजी’ले सत्तारूढ बीजेपी कार्यालयमा गरे आगजनी

Banner

काठमाडौं, असोज ८-

भारतको केन्द्र प्रशासित भूमि लद्दाखमा बुधबार युवा प्रदर्शनकारी–प्रहरीबीच झडप भएपछि हिंसा र आगजनीको घटना भएको छ । भारतको समाचार एजेन्सी एएनआईका अनुसार, झडपका क्रममा प्रदर्शनकारीहरूले लद्दाखको सदरमुकाम लेहमा रहेको भारतीय जनता पार्टी (बीजेपी)को कार्यालयमा आगो लगाइदिएका छन् ।

लद्दाखमा पूर्ण राज्यको दर्जा र छैटौँ अनुसूचीका लागि आन्दोलन केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन र संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने माग राख्दै वातावरणविद् तथा सामाजिक कार्यकर्ताहरू विगत दुई हप्तादेखि भोक हडतालमा छन् । बुधबार सोनम वाङचुकको समर्थनमा ठूलो संख्यामा मानिसहरू लेहका सडकमा उत्रिए । केही युवाहरूले कथित रूपमा लेह हिल काउन्सिलको भवनमा ढुंगामुढा गरी आफ्नो आक्रोश व्यक्त गरेका थिए ।

समाचार एजेन्सी पीटीआईका अनुसार, प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास र लाठीचार्ज गरेको थियो । केही भिडियोहरूमा लेह सहरमा धेरै सवारीसाधनहरू जलिरहेको र केही झडपहरू भएको देखिएको छ । बीजेपी प्रदेश अध्यक्ष ताशी ग्यालसन खाचूले बीबीसी संवाददाता माजिद जहांगीरलाई फोनमा बताएअनुसार उनको पार्टी कार्यालयमा आगजनी गरिएको छ र लेहमा स्थिति तनावपूर्ण छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>