चितवन विशेष
मुग्लिन नारायणघाट सडक खुल्न तीन दिन लाग्न सक्ने
०

चितवन, असोज ७-
मुलुककै सबैभन्दा व्यस्त राजमार्गहरू मध्येको एक मुग्लिन(नारायणघाट सडकखण्ड सुख्खा पहिरोका कारण पूर्ण रूपमा बन्द छ। चितवनको इच्छाकामना ५ स्थित तुइन खोलामा मंगलबार अपरान्ह करिब ४ः५५ को समयमा पहाडको ठूलो हिस्सा नै खसेपछि यातायात आवागमन अनिश्चित बनेको हो।
सडक विभागका महानिर्देशक डा विजय जैशीले पहिरोको आकार निकै ठूलो भएकाले पन्छाउन कम्तीमा तीन दिन लाग्ने अनुमान गरिएको सुनाए। ‘आज तुइन खोलामा खसेको पहिरो सामान्य होइन, सानो पहाड नै खसेको जस्तो छ,’ महानिर्देशक जैशीले भने, ‘त्यसैले यो खण्डमा यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न हामी सबैमा अनुरोध गर्दछौं।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























