अन्तर्राष्ट्रिय

दुई सन्तानको हत्या गरेको आरोपमा आमा दोषी ठहर

Banner

अकल्यान्ड, असोज ७-

न्युजिल्याण्डमा एक आमालाई आफ्ना दुई छोराछोरीको हत्या गरेर उनीहरूको शव सुटकेसमा लुकाएको आरोपमा दोषी ठहर गरिएको छ। यो घटनाले देशलाई नै स्तब्ध बनाएको थियो।

४४ वर्षीया हाक्युङ लीलाई अकल्यान्ड उच्च अदालतले मंगलबार हत्याको अभियोगमा दोषी ठहर गरेको हो। एएफपी समाचार एजेन्सीका अनुसार, उनलाई आजीवन कारावासको सजाय हुन सक्छ।

हाक्युङका वकिलहरूले उनको पतिको मृत्यु भएको केही महिनापछि भएको उक्त हत्याकाण्डका बेला उनी मानसिक रूपमा विक्षिप्त रहेको तर्क गरेका थिए।तर, अभियोजन पक्षले भने उनको कार्य योजनाबद्ध र सुनियोजित रहेको तर्क प्रस्तुत गरेको थियो। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>