समाचार
सामाजिक सुरक्षा परिचयपत्र नवीकरण असोज मसान्तभित्र गर्नुपर्ने
०

काठमाडौँ, असोज ६ –
सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि समयावधिसम्म बढाएको छ ।
यसअघि सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरी समयावधि बढाएर असोज मसान्त कायम गरिएको हो ।
सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ मार्फत् सरकारले यस्तो व्यवस्था ल्याएको हो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।
“सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ को उपनियम (१)मा रहेका भदौ मसान्तभित्र भन्ने शब्दहरूको सट्टा असोज मसान्तभित्र भन्ने शब्दहरू राखिएका छन्”, राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























