राजनीति

चार मन्त्रीको शपथ आज, डाक्टर संगीता मिश्रालाई होल्ड किन गरियो ?

Banner

काठमाडौं,असोज ६-

मन्त्रिपरिषद्‌मा सिफारिस भएका मन्त्रीको सपथ आज हुँदैछ। आइतबार बसेको बैठकले पाँच जना मन्त्रीको नाम सिफारिस गरेको थियो। सिफारिस सूचीअनुसार अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय, भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सुम्पिने प्रस्ताव गरिएको छ। सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्।

त्यसैगरी, महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियारलाई कृषि मन्त्रालय, जगदीश खरेललाई सञ्चार मन्त्रालय तथा डाक्टर संगीता मिश्रालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गरिएको छ। तर मिश्राको नाम होल्ड गर्न लगाइएको जनाएको छ।

मिश्रा स्वास्थ्य मन्त्रालयमा लामो अनुभव बोकेकी विशेषज्ञ हुन्। तर उनी भ्रष्टाचार मुद्दामा जोडिएको भन्दै विरोध भएपछि होल्ड गरिएको बालुवाटार स्रोतले जनाएको छ। प्रधाननम्त्री कार्कीले नै होल्ड गर्न लगाइएको बताइएको छ। राष्ट्रपतिले नियुक्त गर्ने तयारी गरिरहँदा प्रधानमन्त्री बाटै अहिले नियुक्त नगर्नु भन्दै फोन गरेको शीतल निवास स्रोतले जनाएको छ। उनीहरुको शपथ आज विहान हुने जनाएको छ। तर समय भने एकिन भइनसकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

जेन–जी विद्रोहपछि सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारको तेस्रो दिन मन्त्रिपरिषद्‌मा तीन जना मन्त्री पहिले नै नियुक्त भइसकेका छन्। नयाँ पाँच मन्त्रीको सिफारिससँगै मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अगाडि बढाइएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>