चितवन विशेष

भरतपुर रोटरीको रक्तदान कार्यक्रम सम्पन्न

Banner

चितवन, असोज ५-

रोटरी क्लब अफ भरतपुरको आयोजनामा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । भरतपुर÷रक्तदान जीबन दान भन्ने मुल नाराका साथ आइतबार आयोजना भरतपुर स्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा गर्रिको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका हुन् ।

रोटरी क्लव अफ भरतपुरका अध्यक्ष डा. कृष्णसागर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन रोटरी क्लव अफ भरतपुरका कोषाध्यक्ष बद्रीनाथ पोखरेल कार्यक्रम संयोजक गर्नुभएको थियो । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका पुर्व डिष्ट्रिक गभर्नर रविन्द्र कुमार पिया प्रमुख अतिथि रहनु भएको कार्यक्रममा रोटरी क्लव अफ भरतपुरका सचिव नबिन भण्डारीले संचालन गर्नुभएको थियो ।
भएको उक्त कार्यक्रममा सर्भिस प्रोजेक्ट चियर राजेन्द्र चापागाईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका अध्यक्ष डा विजयराज न्यौपाने, कार्यकारी निर्देशक शिवजी पौडेल, असिष्टेण्ड गभर्नर धन बहादुर श्रेष्ठ, रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष शिव खनाल, पुर्व अध्यक्ष विष्णु शर्मा, जलदेवी टोल विकास संस्था भरतपुर ७ का अध्यक्ष दीपक ढकाल, रोट्याक्ट क्लव अफ भरतपुरका अध्यक्ष सुसान्त रेग्मी, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक तथा कर्मचारी, रोटरी क्लव अफ भरतपुरका पुर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>