चितवन विशेष
मुग्लिन–नारायणगढ सडकखण्डः भोलि बिहान ५ बजेसम्म बन्द गरिने
०

चितवन, भदौ ५-
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तरगतको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुख्खा पहिरोको उच्च जोखिम रहेको भन्दै आइतबार राति सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला सुरक्षा समितिले यस अझै सुख्खा पहिरोको उच्च जोखिम कायमै रहेकाले मानवीय सुरक्षालाई ध्यानमा राख्दै आज राति ९ः०० बजेदेखि भोलि विहान ५ः०० बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो।
शुक्रबार साँझ ६ः३० बजे गएको पहिरो ४५ घण्टापछि आइतबार साँझ ४ बजेदेखि एकतर्फी सवारी सञ्चालन भइरहेको थियो । त्यस स्थानमा अझैपनि निरन्तर पहिरो खस्ने क्रम जारी रहेकाले रातीमा सवारी चलाउन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । उनले सम्पूर्ण सरोकारवाला तथा यात्रुहरुलाई यसबारे जानकारी लिन र यात्रा योजना मिलाउँदा विशेष सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























