राजनीति

मन्त्रिपरिषद् बैठक चलिरहँदा प्रधानमन्त्री कार्यालय किन पुगे सुधन गुरुङ ?

Banner

काठमाडौं,असोज ५-

जेनजी पक्षधर अभियन्ता सुधन गुरुङ सिंहदरबार पुगेका छन् । आज दिउँसो सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयमा उनीविरुद्ध नारावाजी भएको थियो । जेनजी आन्दोलनका घाइतेहरुले सुधनमाथि गालीगलौज र नारावाजी गरेका थिए । उनले जेनजी आन्दोलनलाई हाइज्याक गरेको आरोप लगाइएको छ । आन्दोलनमा स्वयम्सेवकका रुपमा सहभागी गुरुङ अहिले जेनजीका नेता बनेर उदाएका छन् ।

गुरुङ प्रधानमन्त्री कार्यालयमा जानुको प्रयोजन खुलेको छैन । अहिले प्रधानमन्त्री कार्यालयमा मन्त्रीपरिषद वैठक चलिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>