राजनीति

सिंहदरबार जलेपनि नेपालको चुच्चे नक्सा सुरक्षित

Banner

काठमाडौं, असोज ३

पाच वर्षअघि जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्साको ‘ओर्जिनल स्केच’ गत भदौ २४ गते जेन जी आन्दोलनका क्रममा सुरक्षित रहेको छ ।

स्रोतका अनुसार जेन जी आन्दोलनको क्रममा ‘ओर्जिनल’ चुच्चे नक्सा, जसलाई प्राविधिक कर्मचारीहरूले निकै ठूलो मेहेनत गरी स्केचबाट तयार गरेका थिए, त्यस नक्सामा क्षति भएको छैन । उक्त नक्सा अहिले पनि सुरक्षित रहेको स्रोतको भनाइलाई उदृध गर्दै नागरिक न्यूजले समाचार लेखेको छ ।

स्रोतका अनुसार प्राविधिक कर्मचारीहरूले स्केल, प्रोजेक्सन सिस्टम र कोअर्डिनेट सिस्टम मिलाएर नयाँ नक्सा तयार गरेका हुन् । नयाँ नक्सामा सन् १८१६ को सुगौली सन्धिले निर्धारण गरेको नेपालको भूमि समेटिएको छ । स्रोतका अनुसार नयाँ नक्सा तयार गर्नु अघि प्राविधिक कर्मचारीहरू नेपाल भारत सीमा क्षेत्र छाङरुसम्म पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>