राजनीति

पार्टीमाथि प्रश्न उठ्न थालेको भन्दै तोसिमाले गरिन् रास्वपा रूपान्तरणको माग

Banner

काठमाडौं,असोज ३-

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीको रूपान्तरण गर्नुपर्ने धारणा राखेकी छिन्। पछिल्लो समय रास्वपाप्रति प्रश्नहरू उठ्न थालेकाले नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रमलगायतका विविध आयामबारे पुनरावलोकन, पुनः मूल्यांकन र पुनर्संरचना गर्नुपर्ने कार्कीको धारणा छ।

अहिलेको संवेदनशील परिस्थितिमा नयाँ नेपाल निर्माण गर्न जनताबाट सुशासनको म्यान्डेटसहित अघि बढ्न मुख्य शक्तिको रूपमा पार्टीलाई विकास गर्नुपर्ने उल्लेख गर्दै कार्कीले चारबुँदे प्रस्ताव अघि सारेकी छिन्।

‘देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो। यसका लागि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको पनि रूपान्तरण आवश्यक हुन्छ। पार्टीको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरावलोकन, पुनः मूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यममार्गी राजनीतिक शक्ति निर्माणका लागि अहिले नै उपयुक्त समय हो,’ कार्कीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।

साथै अन्य राजनीतिक दल, विचार समूह तथा स्वतन्त्र व्यक्तिहरूसँग समेत वार्ता गरी जेन–जी आन्दोलनको आकांक्षाबमोजिमको परिवर्तन संस्थागत गर्न सक्ने मध्यमार्गी राजनीतिक शक्ति निर्माण गर्नुपर्ने उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>