राजनीति

ओली सार्वजनिक हुने भनिएपछि एमाले पार्टी कार्यालयमा कडा सुरक्षा

Banner

काठमाडौं,असोज ३-

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक हुने भनिएपछि नेकपा (एमाले) पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । संविधान दिवसको अवसरमा शुक्रबार बिहान ८ बजेका लागि एमालेले कार्यक्रम राखेको छ । सोही कार्यक्रममा अध्यक्ष ओली सार्वजनिक हुने तयारी रहेको एमाले नेताहरूले बताएका छन् । भदौ २४ गते काठमाडौंमा भएको प्रदर्शनपछि ओली प्रधानमन्त्रीबाट राजीनामा दिएर सुरक्षाका लागि सेनाको ब्यारेकमा गएका थिए ।

११ दिनपछि ओली बिहीवार भक्तपुरको गुण्डुस्थित एक घरमा डेरा सरेका थिए । बालकोटस्थित निवासमा तोडफोड र आगजनी भएपछि ओलीले भक्तपुरकै गुण्डुमा डेरा सरेका हुन् । संविधान दिवसको अवसरमा एमालेको भातृ संगठन युवा संघले शुक्रवार जुलुस निकाल्दैछ । एमाले पोलिटव्युरो सदस्य महेश बस्नेतले राजधानीका १० हजारको जुलुस निकाल्ने २ दिनअघि घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>