राजनीति
‘अबको राजनीति जबाफदेही र पारदर्शीतामा टेकेर हुनुपर्छ’

काठमाडौं, असोज २
अबको राजनीति ढाकछोप र बहानामा नभएर जबाफदेही र पादरर्शीतामा टेकेर चल्नुपर्ने काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत डंगोलले जेनजी आन्दोलन ज्यान गुमाउनेका परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।
उनले भनेकी छन्, ‘राष्ट्र शोकमा डुबेको छ। असंख्य परिवारले आफ्ना सन्तान गुमाइसकेका छन्। शोकमा रहनुभएका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। ती परिवारका पीडा र थोपाथोपा आँसुहरूको मूल्य चुकाउन जो कोही दोषी भए पनि कानूनी कारबाहीको दायरामा आउनुपर्छ।’
उनले अगाडी भनेकी छन्, ‘सहिदको रगतले लेखेको इतिहासलाई हामीले बिर्सन सक्दैनौँ। बलिदान खेर नजाओस्। बिग्रेकोलाई बनाउने, बनेकोलाई मजबुत बनाउने हाम्रो जिम्मेवारी हो। अबको राजनीति ढाकछोप र बहानामा होइन, जबाफदेही र पारदर्शितामा टेकेर अघि बढ्नुपर्छ। दलहरूले पनि विगतमा भएका आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्नुको अर्को विकल्प छैन ।’
























