राजनीति
सहिदको बलिदान खेर नजाओस्ः उपप्रमुख सुनिता डंगोल

काठमाडौं,असोेज १-
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सहिदले लेखेको इतिहासलाई बिर्सन नसकिने बताएकी छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै डंगोलले यस्तो बताएकी हुन् । उनले सहिदको बलिदान खेर जान नहुने समेत बताइन् । उनले भनिन्,सहिदको रगतले लेखेको इतिहासलाई हामीले बिर्सन सक्दैनौँ। बलिदान खेर नजाओस्। बिग्रेकोलाई बनाउने, बनेकोलाई मजबुत बनाउने हाम्रो जिम्मेवारी हो।
जेनजी प्रदर्शनमा ज्यान गुमाएका परिवारका पीडा र थोपाथोपा आँसुहरूको मूल्य चुकाउन जो कोही दोषी भएपनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने समेत उनले बताइन् । जेनजी पुस्ताले सुरु गरेको प्रदर्शन आक्रोश मात्र नभई परिवर्तनको माग समेत भएको बताइन्। आन्दोलनको क्रममा भएको जनधनको क्षति, हत्या र तोडफोडबारे निष्पक्ष, सत्यतथ्य पत्ता लगाउन छानबिन गर्न आवश्यक रहेको समेत बताइन् ।
दलहरूले पनि विगतमा भएका आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्नुको विकल्प नभएको डंगोलले बताइन् । गत भदौ २३ र २४ गते काठमाडौँ लगायत देशभर जेनजी पुस्ताका युवाहरुले बेथितिविरुद्ध प्रदर्शन गरेका थिए ।
























