राजनीति

सीके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम

Banner

काठमाडौं, असोज १-

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा शरदसिंह यादवलगायत ६ जना नेताले अध्यक्ष सीके राउतको राजीनामा माग गरेका छन् । पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पत्रमार्फत् उनीहरूले नेतृत्व परिवर्तनको माग गर्दै अध्यक्ष राउतको राजीनामा माग गरेका हुन् ।

पत्रमा भनिएको छ, “पार्टीको समग्र हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनर्स्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुग्दै हामी निम्न हस्ताक्षरकर्ताहरू पार्टीको जिम्मेवार पदाधिकारीहरूको हैसियतले जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउत र संगठन विभाग प्रमुख डा। जयकान्त राउतज्यूले २४ घण्टाभित्र आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।”

पत्रमा देशमा व्याप्त भ्रष्टाचार, परिवारवाद, नातावाद, कृपावाद र सुशासनविरुद्ध भदौ २३ र २४ गते जेनजी युवापुस्ताले सञ्चालन गरेको आन्दोलनले नेपालको वर्तमान राजनीतिक परिदृश्यमा एक ऐतिहासिक मोड प्रदान गरेको पनि उल्लेख छ ।

“पछिल्लो समय पार्टीको शीर्ष नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको स्पष्ट देखिन्छ,” पत्रमा भनिएको छ ।

पत्रमा वरिष्ठ उपाध्यक्ष खान, प्रवक्ता यादव, जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघ केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य तथा केन्द्रीय सदस्य विक्रमबहादुर बलमे हस्ताक्षर गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>