चितवन विशेष
भरतपुरका १३ वर्षिय युसन एक हप्तादेखि सम्पर्क बिहीन
०

चितवन, असोज १-
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित स्याउलीका १३ वर्षिय युसन गुरुङ सम्पर्क बिहीन भएका छन् । भरतपुर–२ स्थित क्षेत्रपुरमा बस्दै आएका गुरुङ भदौ २५ गते दिउँसो ४ बजेदेखि सम्पर्क बिहीन भएको परिवारले जानकारी दिएका छन् ।
युसनकी आमा सरिना गुरुङका अनुसार उनी बेलटाँडी चोकबाट सम्पर्क बिहीन भएका हुन् । भदौ २४ गते आन्दोलनमा गएर घर फर्किएका उनी भोलिपल्टबाट बेपत्ता भएको आमा सरिनाले जानकारी दिनुभयो । युसनले भरतपुर महानगरपालिका १ स्थित भानु माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दै आएका थिए ।
उनी आमाबुवा सहित भरतपुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । कसैले फेला पारेमा नजिकैको प्रहरी कार्यालय र ९७४५२३४७८१ नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























