चितवन विशेष
नारायणगढ-मुग्लिन सडकमा ढुङगा खरेर लाग्दा बसमा सवार यात्रुको मृत्यु
०

चितवन, भदौ ३१-
नारायणगढ–मुग्लिन सडकमा ढुङगा खरेर लाग्दा बसमा सवार यात्रुको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका ६ नाम्सी पुलस्थित सडकखण्डमा तनहुँबाट नारायणगढतर्फ आउदैं गरेको ग २ ख १८३६ नम्वरको बसमा सवार यात्रु लम्जुङ घले गाउँपालिका ३ बस्ने ४६ वर्षकी ऐश्वर्या कामीलाई सडक माथिबाट खसेको ढुङगाले लागेर थियो ।
कामीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार बसका चालकलाई नियन्त्रणमा लिइएको छ । मृतक कामीको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























