चितवन विशेष

चितवनमा जलेका सरकारी कार्यालयका लागि लायन्सले दियो ५ लाख बराबरका सामग्री

Banner

चितवन, भदौ ३१–

सामाजिक संस्था लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालले जिल्ला प्रशासन कार्यालय चितवनलाई कम्प्युटर सामग्री सहयोग गरेको छ ।

जेन–जी प्रदर्शनको क्रममा जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी कार्यालयहरु पूर्णरुपमा क्षतिग्रस्त भएपछि कार्यालयहरुलाई आवश्यक पर्ने सामग्री १५ थान कम्प्युटर सेट, ५ वटा रंगीन प्रिन्टर र अन्य इलोक्ट्रोनिक्स उपकरणहरु सहयोग गरिएको लायन्स क्लव अन्तर्राष्ट्रय डिष्ट्रिक्ट ३२५ आर नेपालका गर्भनर नवराज सापकोटाले जानकारी दिनुभयो । उहाँले ५ लाख १० हजार रुपैयाँ बराबरको उक्त सामग्री प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आज (मंगलबार) अपरान्ह हस्तान्तरण गर्नुभयो ।

लायन्स क्लवले जस्तोसुकै विपत्तिमा पनि सहयोग गर्दै आइरहेको स्मरण गर्दै यसपटक देखिएको देशैभरको समस्यामा लायन्स क्लवहरुले सामाजिक उत्तरदायित्व निर्वाह गरेको लायन्स गर्भनर सापकोटाले बताउनुभयो ।

उक्त सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले यो विपत्तीको बेलामा सबैको साथ र सहयोगले सरकारी निकाय अघि बढ्ने बताउनुभयो । जिल्लाका ८७ वटा सरकारी कार्यालय जलेर पूर्णरुपमा नष्ट भएको भन्दै ती सबै कार्यालयबाट तत्काल सेवा संचालनका लागि प्राविधिक सामग्रीहरु आवश्यक रहेको प्रजिअ अर्यालले बताउनुभयो । उहाँले सहयोग गर्ने संस्थामा लायन्स क्लव पहिलो भएको भन्दै विभिन्न संघसंस्थाबाट सहयोगको प्रतिवद्धता आएको बताउनुभयो ।

उहाँले सहयोग गर्ने संस्थाहरुका लागि जिल्ला प्रशासन कार्यालयले एकद्धार प्रणाली लागू गरेको भन्दै प्राप्त सहयोगलाई पछि आवश्यकताका आधारमा क्षतिग्रस्त सरकारी कार्यालयलाई वितरण गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>