राजनीति
मलाई खानेपानी र श्रम मन्त्रालय प्रस्ताव आएको हो,मन्त्री बन्न भारतीय दुताबास जानुपर्छ भनेपछि हच्किएः हर्क

काठमाडौं,भदौ ३१-
जेनजी आन्दोलनपछि राजनीतिक परिदृश्यमा आएको फेरबदलमा प्रधानमन्त्रीको दाबी गर्दै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई खानेपानी तथा श्रम मन्त्रालय प्रस्ताव गरिएको बताएका छन् । साम्पाङले सामाजिक सञ्जालमार्फत सोमबार स्ट्याटस पोस्ट गर्दै खानेपानी तथा श्रम मन्त्रालय प्रस्ताव भएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, “मैले दाबी गरेको प्रधानमन्त्री, उनीहरूले दिन चाहेको खानेपानी र श्रम मन्त्रालय ! पारा मिलेन ।” यस्तो उनले अर्को पोष्टमा उनले पाँचसय किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिन खोजेको बताए । उनले भने,मन्त्री बन्न भारतीय दुताबास जानुपर्छ भनेपछि म हच्किए पछि थाहा हुन्छ बिरोधीहरुलाई हर्क सम्पाङ को हो भन्ने ?
गत भदौ २४ गते जेनजी आन्दोलनले तातिएको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार ढलेपछि साम्पाङले खुलेरै प्रधानमन्त्रीको दाबी गरेका थिए । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि साम्पाङ धरान फर्किसकेका छन् । हाल उनी यस घटनाप्रति सामाजिक सञ्जालमार्फत निरन्तर कडा प्रतिक्रिया दिइरहेका छन् ।

























