प्रवास

जापानमा थारु विद्यार्थी सभाले जितिया पर्व मनाउने

Banner

जापान, भदौ २८–

जापानमा रहेका थारू समुदायहरुले महिलाहरुको मुख्य चाड ‘जितिया’ पर्व मनाउने भएका छन् ।

थारू विद्यार्थी सभा जापान शाखाको आयोजनामा भोलि (आइतबार) जितिया पर्व मनाउन लागिएको हो। देशमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै थारू कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले जितिया पर्व मनाउन लागिएको थारू विद्यार्थी सभा जापान शाखाका अध्यक्ष काशी चौधरीले जानकारी दिए ।

जापानको राजधानी टोकियोस्थित सोलमारी रेष्टुरेन्टको मुरा हल सिनाकोबोमा जितिया विशेष कार्यक्रम हुन लागेको कार्यक्रम संयोजक अञ्जनी चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यक्रम संचालन हुनेछ ।

जितिया विशेष कार्यक्रममा पूर्वी नेपालका थारुहरुको धुम्रा नाच, चितवनको झमटा नाच, ठेकरा नाच, सखियाँ नाच लगायतका कलासंस्कृतिहरु प्रस्तुत गरिने सांस्कृतिक संयोजक निशब चौधरीले जानकारी दिए ।

यस्तै उक्त कार्यक्रममा थारु रैथाने खानाका परिकारहरुको स्वाद समेत चाख्न पाइने छ । त्यसका लागि विभिन्न स्टलहरु निर्माण गरिएको छ । यस कार्यक्रमलाई भव्य बनाउन ९ जनाको छुट्टै समिति निर्माण गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>