राजनीति

पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूका लागि संसद् विघटन ठुलो विषय नहुन सक्छः जनार्दन

Banner

काठमाडौं,भदौ २७-

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद् विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार रहेको बताएका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले संसद् विघटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने भएपछि शर्माले यस्तो बताएका हुन् ।

उनले पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूका लागि संसद् विघटन ठुलो विषय नहुन सक्छ भन्दै कटाक्ष समेत गरे । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्,पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूको लागि यो ठुलो विषय नहुन सक्छ तर इतिहासले यसको मूल्याङ्कन गर्नेछ।

जेनजीले गत सोमबार र मंगलबार देशभर प्रदर्शन गरेपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । त्यसपछि आज कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>