राजनीति

संसद् विघटन गर्ने निर्णयमा माओवादी केन्द्रको असहमति

Banner

काठमाडौं, भदौ २७-

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद् विघटन गर्ने निर्णय गरिएको भन्दै आपत्ति जनाएको छ। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको आकस्मिक भर्चुअल बैठकले वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै संसद् विघटनप्रति गम्भीर असहमति जनाएको हो।

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर असहमति रहेको निर्णय गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>