राजनीति

संसद विघटनको सहमतिमा एमालेको आपत्ति, खबरदारी गर्न शंकर पोखरेलको आह्वान

Banner

काठमाडौं,भदौ २७-

संसद विघटनका लागि भएको सहमतिको एमालेले आपत्ति जनाएको छ । एमाले महासचिव शंकर पोखरेलले विगतमा संसद विघटन गर्दा मुद्दा हाल्नेहरूले नै अहिले संसद विघटन गर्ने तयारी गर्नुलाई विडम्बनापूर्ण भनेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, विगतमा बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो । त्यसैले सतर्क रहौँ, खबरदारी गरौँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>