राजनीति

प्रशासनले बोलाए रवि कारागार फर्किन तयार

Banner

काठमाडौं, भदौ २७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने प्रशासनले बोलाए जुनसुकै बेला कारागार फर्किन तयार रहेको जनाएको छ। रिहाइ प्रक्रियामा प्रयोग भएको पत्र विवादित बनेपछि पार्टीले शुक्रबार साँझ यस्तो धारणा सार्वजनिक गरेको हो।

रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सभापति लामिछाने कानुनी प्रक्रियाको सम्मान गर्न तयार रहेको बताए। ‘रवि लामिछाने कारागार फर्किन तयार हुनुहुन्छ,’ झाले लेखेका छन्। उनका अनुसार, शुक्रबार दिउँसो पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, जिल्ला प्रशासन प्रमुख (सिडिओ) र कारागार प्रमुखबीच भेटवार्ता भएको थियो।

उक्त भेटमा रास्वपाले प्रशासनलाई ‘खबर गरे पश्चात आउन तयार’ रहेको सन्देश दिएको झाले उल्लेख गरेका छन्। यसअघि कार्यवाहक सभापति अर्यालले रिहाइ पत्रमा प्राविधिक त्रुटि भएको स्वीकार्दै सम्पूर्ण समन्वय आफूले गरेको र लामिछाने कानुनी प्रक्रियाका लागि पूर्ण रूपमा तयार रहेको बताएका थिए। सोही अनुसार प्रशासनले आवश्यक ठानेमा लामिछाने पुनः कारागार जान तयार रहेको पार्टीले स्पष्ट पारेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>