राजनीति

चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने एक मात्रै सच्चा नेपाली म हुँः हर्क

Banner

काठमाडौं,भदौ २७-

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने एक जना मात्रै सच्चा नेपाली आफू भएको बताएका छन्। सामाजिक सञ्जालामार्फत उनले यस्तो बताएका हुन्। उनले लेखेका छन्, धेरै मलाई नगिज्याऊ ! यो विषम परिस्थितिमा भीरबाट खसेको गाडी जस्तै चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने एक जना मात्रै सच्चा नेपाली हुँ म !

यस्तै हर्कले आफू यो देशको अभिभावक भएको भन्दै आफूलाई गिज्याउनेहरूकै कारण देश यस्तो बनेको भनाइ राखे। तिम्ले मान नमान तर यो देशको अभिभावक हुँ म ! घमण्डी भन या जे भन ! मलाई गिज्याउने तिमेरुकै कारण यहाँ देश यस्तो बन्यो ! उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>