राजनीति
सेनाले हिम्मत नगरे जनता सडकमा आउँछन्ः ज्ञानेन्द्र शाही
०

काठमाडौं,भदौ २६-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई हिम्मत गर्न आह्वान गरेका छन्। उनले राष्ट्रिय एकता, नेपाली जनताको इज्जत र प्रतिष्ठा जोगाउन सेनाले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। शाहीले बिहीबार सामाजिक सञ्जाल फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘उपत्यका मात्र होइन, नेपालभरिका आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरू तयारी अवस्थामा बस्नुपर्छ। कुनै पनि निर्णायक निर्णय आउन सक्छ।’
उनले सेनालाई लक्षित गर्दै भनेका छन्, ‘अब हिम्मत गरेर परमाधिपति र राष्ट्रलाई जोगाउनुपर्छ। यदि सेनाले जिम्मेवारी पूरा गर्न सकेन भने फेरि नेपाली जनता सडकमा निस्कनेछन्। अब नेपालीहरू चुप लागेर बस्दैनन्।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























