राजनीति

राष्ट्रपतिसँग वार्ताको माग राख्दै जेन–जी सत्याग्रहमा

Banner

काठमाडौं, भदौ २६-

सेनाले वार्तामा बारम्बार दुर्गा प्रसाईंलाई पनि अगाडि सारिरहेपछि जेन–जी अभियन्ता वार्ताबाट बाहिरिएका छन्। बिहीबार दिनभरको छलफलको प्रयास गर्दा प्रधानसेनापति अशोकराज सिग्देलले प्रसाईं पनि सरोकारवाला नै भन्दै अगाडि सारिरहेपछि जेन–जी अभियन्ता बाहिरिएका हुन्।

बाहिरिएका अभियन्ताले अब सेनासँग नभई सिँधै राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्ने अडानमा पुगेका छन्। ‘सेनाले समन्वय गरिरहेकाले हामीले छलफल गरिरहेका थियौं। त्यहाँ असम्बन्धित व्यक्तिलाई बढी महत्व दिएको देखियो। त्यसैले अब राष्ट्रपतिसँगै वार्ता गर्ने हाम्रो निष्कर्ष हो,’ एक अभियन्ताले भने।

राष्ट्रपति पौडेलको काम पनि विज्ञप्ति मात्र सार्वजनिक गर्ने नभई राजनीतिक निकासका लागि वार्ता गर्नुपर्ने जेन–जी अभियन्ताको माग छ। नभए फेरि आन्दोलनमा जाने बताएका छन्। अब तत्कालै सत्याग्रह सुरु गर्ने पनि जेन-जी अभियन्ताले तयारी गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>